नियम २०
विवरणहरू दाखिल गर्नु पर्ने
(१) धितोपत्र दर्ता गराउने संगठित संस्थाले पहिलो वार्षिक साधारण सभा नभएसम्म धितोपत्र निष्काशन गरेको अवस्थामा घोषित शर्तहरू र आर्थिक तथा वित्तिय संरचनामा कुनै परिवर्तन गर्ने भएमा सो कुरा र प्रथम वार्षिक साधारण सभा बसेको ३५ दिन भित्र उक्त सभामा भएको निर्णयहरू बोर्ड समक्ष पेश गर्नु पर्नेछ । त्यसरी शर्त वा आर्थिक वा वित्तिय संरचनामा कुनै परिवर्तन भएको जानकारी प्राप्त भएपछि बोर्डले सो कुरा लगानीकर्ताको जानकारीको निमित्त राष्ट्रियस्तरको कुनै प्रमुख पत्र–पत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।
(२) बोर्डले धितोपत्र दर्ता गराउने संगठित संस्थासंग त्यस्तो कारोबारसंग सम्बन्धित कुनै पनि विवरण, तथ्याङ्क वा सूचना माग गर्न सक्नेछ र त्यस्तो विवरण, तथ्याङ्क वा सूचना बोर्डलाई उपलब्ध गराउनु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।